होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेडेदहमा हुने
समाचार

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेडेदहमा हुने

  • नागरिक रैबार
१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेडेदहमा हुने

नागरिक रैबार/बाजुरा ४ फागुन।जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड क्षेडेदह गाउँपालिकाको दशरथ माविमा संचालन हुने भएको छ ।

जिल्ला खेलकुद समिति बाजुरामा आज बसेको पदाधिकारीको बैठकले यस वर्षको जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड क्षेडेदहमा संचालन गर्ने निणर्य गरेको छ ।

बैठकले यही फागुन १२ देखि १४ गतेसम्म प्रतियोगिता संचालन गर्ने निणर्य गरेको जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाले बताएका छन् ।

विज्ञापन

यस अघिको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सदरमुकाम मार्तडीमा संचालन भएको थियो भने यस वर्ष सदरमुकाममा मैदान नभएका कारण खप्तड क्षेडेदहको दशरथ माविमा संचालन गर्न लागेको अध्यक्ष थापाको भनाई छ ।

प्रतियोगितामा जिल्लाका ९ पालिका मध्ये ८ पालिकाका पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका विद्यार्थीहरु सहभागि हुने आयोजक जिल्ला खेलकुद समिति बाजुराले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै