नागरिक रैबार/बाजुरा १ चैत्र।बाजुराको सदरमुकाम मार्तडीमा चैत्र ३ गतेबाट संचालन हुने प्रमथ खप्तड मालिका उद्योग कृषि, पर्यटन तथा व्यापार महोत्सवको उद्धघाट्न सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्धघाट्न गर्ने भएका छन् ।
खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा चैत्र ३ गते देखि १२ गतेसम्म सदरमुकाम मार्तडीमा संचालन हुने महोत्सवको उद्धघाट्न प्रदेश प्रमुख जोशीले गर्ने आयोजकले बताएको छ ।
९ दिन सम्म संचालन हुने महोत्सवसमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुका साथै बाजुराली संस्कृति झल्किने विभिन्न परम्पराहरु समेत प्रर्दशन गरिने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु