होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुराका भुकम्प पीडितका लागि आएको १४ मध्ये १० करोड फिर्ता गर्न प्राधिकरणको अनुरोध
राजनीति

बाजुराका भुकम्प पीडितका लागि आएको १४ मध्ये १० करोड फिर्ता गर्न प्राधिकरणको अनुरोध

  • नागरिक रैबार
बाजुराका भुकम्प पीडितका लागि आएको १४ मध्ये १० करोड फिर्ता गर्न प्राधिकरणको अनुरोध

नागरिक रैबार/बाजुरा २८ मंसिर। बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् ।

प्राधिकरणले बाजुराका भूकम्प प्रभावित लाभग्राहीहरुको अस्थायी आवास निर्माणका लागि मंसिर ४ गते पहिलो किस्ता वाफत १४ करोड रकम जिल्ला प्रशासन कार्यालय बाजुरामा पठाएको थियो ।

विज्ञापन

सदरमुकाम मार्तडीमा हिजो बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रजिअ पौडेलले बाजुुराका भूकम्प प्रभावित परिवारहरुका लागि प्राधिकरणबाट पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता पठाउन पत्र मार्फत अनुरोध आएको बताएका छन् ।

बाजुराका भुकम्प प्रभावित लाभग्राहीहरुको संख्या अनुसार पठाएको उक्त रकम महिनौदिन वित्न लाग्दा समेत खर्च भएको नदेखिएपछि प्राधिकरणले फिर्ता पठाउन भनेको छ । प्राधिकरणले भुकम्प प्रभावित अन्य जिल्लामा थप रकम निकाशा दिनु पर्ने भएकोले बाजुरामा पठाएको १४ करोड मध्येबाट १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता पठाउन पत्राचार गरेको छ ।

बाजुरामा भुकम्प प्रभावितका लागि निकासा भएको १४ करोड मध्ये हिमाली गाउँपलिका बाहेक ८ वटा स्थानीय तहका १५ सय ९ जनाका लागि ३ करोड ७७ लाख २५ हजार रकम सम्वन्धित स्थानीय तहमा पठाईसकेको प्रमुख जिल्ला अधिकारी पौडेले बताएका छन् ।

उनका अनुसार खप्तड क्षेडेदह–९ सय ६६, त्रिवेणी नगरपालिका– १ सय १३, गौमुल गाउँपालिका– ५५, बुढीनन्दा नगरपालिका– ६५, स्वामीकार्तिक खापर गाउँपालिका– ९, जगन्नाथ गाउँपालिका – ७४ र बडीमालिका नगरपालिकामा– २ सय २७ जना गरी जम्मा १५ सय ९ जनालाई जनही २५ हजारका दरले सम्वन्धित स्थानीय तहको खातामा पठाईएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्राधिकरणले असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट प्रभावित बनेका परिवारहरुका लागि पहिलो किस्ता वाफत सो रकम पठाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि