काठमाडौँ । यस वर्षको मनसुन एक दिन ढिलागरी नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन नेपाल भित्रिने सरदर समयभन्दा एक दिन ढिलागरी पूर्वी भागमा आइपुगेको हो ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यो वर्ष जुन १४ अथात् जेठ ३१ गते देशका कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको महाशाखाले जनाएको छ ।यस्तै महाशाखाले नेपालको अन्य भू–भागहरूमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने बताएको छ । राताेपाटीबाट
फेसबुक प्रतिक्रियाहरु