होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड, बाबुराम लगायतको नाममा कारण देखाऊ आदेश
समाचार

प्रचण्ड, बाबुराम लगायतको नाममा कारण देखाऊ आदेश

  • नागरिक रैबार
प्रचण्ड, बाबुराम लगायतको नाममा कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले उच्च नेतृत्वलाई कारबाही हुनुपर्ने मागसहित पूर्व बाल सैनिक लेनिन विष्टले सर्वोच्चमा रिट दर्ता गराएका थिए । न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त रिटमा cactusmeraviglietina.it विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो ।

तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले शुक्रवार सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको थियो ।पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले उक्त रिट दरपिठ गरेपछि विष्ट दरपिठविरुद्ध सर्वोच्च पुगेका थिए ।

विज्ञापन

विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरू पुष्पकमल दाहाल (प्रचण्ड), डा.बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारबाहीको माग गरेका थिए ।राताेपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार