३० जेठ, काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । रिजालले ती युवकको नाम आफूलाई प्राप्त नभएको बताए ।‘आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए, पेट्रोल खन्याउँदा खन्याउँदै प्रहरीले रोकेको हो, अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ’ उनले भने । अनलाइन खबरबाट
फेसबुक प्रतिक्रियाहरु