होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • समता स्कुललाई ५ कक्षासम्म संचालनको अनुमति
Breaking News

समता स्कुललाई ५ कक्षासम्म संचालनको अनुमति

  • नागरिक रैबार
समता स्कुललाई ५ कक्षासम्म संचालनको अनुमति

नागरिक रैबार/बाजुरा २९ पुस। बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा रहेको समता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालन गर्न अनुमति दिएको छ ।

बडीमालिका नगरपालिकाको १२ औं अधिवेशनबाट समता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालनका लागि अनुमति दिने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

समता एजुुकेशन पाउण्डेसनद्धारा संचालनमा रहेको समता शैक्षिक गुठीले नगरपालिकामा १ देखि ५ कक्षा संचालनको अनुुमति मागसहित नगरपालिकामा पेश गरेका प्रमाण तथा नगरपालिका शिक्षा समितिको मिति २०७९ पुस २६ गतेको बैठकले गरेको निणर्य शिफारिस तथा नगरपालिकाले गरेको स्थलगत अनुुगमन प्रतिवेदन अनुुसार सो स्कुललाई संचालन गर्न अनुुमति दिईएको नगरपालिकाले बताएको छ ।

विज्ञापन

No description available.

विगत ४ वर्षदेखि सदरमुकाम मार्तडीमा सहुलियत शुल्कमा अध्ययन/अध्यापन गराईरहेको समता स्कुललाई यस अघि नगरपालिकाले विद्यालय संचालन गर्न अनुमति दिएको थिएन् ।

सदरमुकाममा अन्य निजि विद्यालयहरु भन्दा सहुलियत शुल्कमा बालवालिकालाई अध्ययन/अध्यापन गराईरहेकोले यो विद्यालयलाई कक्षा १ देखि ५ कक्षा सम्म संचालनको लागि अनुमति दिएको बडीमालिका नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार