होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा आइतवार आमहड्ताल
समाचार

सुदूरपश्चिममा आइतवार आमहड्ताल

  • नागरिक रैबार
सुदूरपश्चिममा आइतवार आमहड्ताल

धनगढी– सुदूरपश्चिम प्रदेशमा आइतवार आमहड्तालको घोषणा गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्र्दै आइतवार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ÷संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए। उनले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको समेत बताएका छन्।

संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ। उनीहरुले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि बिरोधमा गर्दै आएका हुन्।

गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ। बिहीवार अत्तरिया बजार बन्द गरेको थियो। बिहिवार साझ नाराबाजीसहित गेटाको मूल गेटमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको ब्यानर पनि राखेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि