होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाम बन्दले बाजुराका यात्री चाैखुट्टेमा अलपत्र
समाचार

अछाम बन्दले बाजुराका यात्री चाैखुट्टेमा अलपत्र

  • नागरिक रैबार
अछाम बन्दले बाजुराका यात्री चाैखुट्टेमा अलपत्र

नागरिक रैबार/बाजुरा २७ चैत ।अछाम जिल्लाकाे बन्दले धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएकाे छ ।
चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ३ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् ।
कुँवरलाई ठक्कर दिने सुप्रप ०१–००१३१५४ नम्वरका गाडी चालकलाई कारवाहि र मृतकका श्रीमती र दुई छोरीको जिम्मा लिनु पर्ने मागसहित अछाममा यातायात ठप्प पारेपछि  बाजुराबाट धनगढी र धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएकाे छ ।
धनगढीबाट बाजुरा आएका सयाै यात्रुहरू अछामकाे चाैखुट्टेमा अलपत्र परेकाे बाजुराका कर्णबहादुर महतले बताएका छन् ।
धनगढीबाट आएकाे २ दिन भयाे चाैखुट्टेमा सयाैं जना यात्रु अलपत्र छाै, गाडी खुल्ने नखुल्ने अत्ताेपत्ताे छैन् महतले भने ।
यता बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बाजुराभित्र आउने र जिल्ला बाहिर जाने यात्रुहरूकाे आवागमन सहज बनाउन समन्वय गरिरहेकाे बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै