नागरिक रैबार/बाजुरा २७ चैत । नेपाल विद्युत प्राधिकरण अन्तरगतकाे बाजुरा वितरण केन्द्रकाे कार्यालयमा तालवन्दी गरिएकाे छ ।
गत साउन २६ गते करेन्ट लागेर ज्यान गुमाएका बडीमालिका नगरपालिका ८ का भक्तबहादुर रावलकाे परिवारले ९ महिना वितिसक्दापनि प्राधिकरणले उचित क्षतिपुर्ति नदिएकाे भन्दै तालाबन्दी गरेका हुन् ।
बाजुरा वितरण केन्द्रमा ज्यालादारीमा काम गरिरहेका रावलकाे ९ महिना अघि बुढीगंगा नगरपालिका २ काे बल्देमा काम गरिरहेका बेला करेन्ट लागेकाे थियाे ।
घटनापछि जिल्ला प्रशासनमा बसेकाे सर्वपक्षीय बैठकले मृतक रावलका परिवार मध्ये १ जनालाई नेपाल विद्युत प्राधिकरणकाे नियमानुसार उचित क्षतिपुर्ति र करार जागिर दिने निर्णय गरेकाे थियाे ।
तर घटना भएकाे ९ महिना वितिसक्दापनि उचित क्षतिपुर्ति र जागिर दिन प्राधिकरणले नमानेपछि तालाबन्दी गर्नु परेकाे मृतकका बुवा मन्नाम रावलले बताएका छन् ।
मृतक रावलकाे मृत्युपछि उनकि २ वटा श्रीमतिसहित ४ छाेरा अलपत्र परेका छन् ।
फेसबुक प्रतिक्रियाहरु