नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) का सांसद नरेश कुमार शाही सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादीका नेता शाही काँग्रेस नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन् ।
त्यस्तै कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन् । मन्त्री नियुक्त भएका काँग्रेसका देउवा र नेकपा एसका शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् ।मुख्यमन्त्री शाहले पनि आजै प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
फेसबुक प्रतिक्रियाहरु