काठमाडौँ — नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ससर्त विश्वासको मत दिने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको मंगलबार बिहान बसेको बैठकले सरकारलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले यो सरकारलाई ससर्त समर्थन गर्ने र प्रतिपक्षमा रहने निर्णय गरेको छ’ सो दलका प्रवक्ता जगन्नाथ खतिवडाले भने ।
एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सदस्य रहेका छन् । संसद्को सोमबार भएको पहिलो बैठकमा दलका अध्यक्षका माधवकुमार नेपालले सम्बोधनको क्रममा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका थिए । नेकपा एसले वाग्मति सरकारमा पनि माओवादी नेतृत्वलाई समर्थन गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु