होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले बाजुराका नेता छप्कीलाल बुढा पार्टीबाट निस्कासित
देश/प्रदेश

एमाले बाजुराका नेता छप्कीलाल बुढा पार्टीबाट निस्कासित

  • नागरिक रैबार
एमाले बाजुराका नेता छप्कीलाल बुढा पार्टीबाट निस्कासित

नागरिक रैबार/बाजुरा २२ पुस।नेकपा एमाले बाजुराले जिल्ला कमिटी सदस्य छप्किलाल बुढालाई पार्टीकाे सदस्य समेत नरहने गरि निस्कासित गरेकाे छ ।
नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे मार्तडीमा बुधवारदेखि जारी रहेकाे बैठकले नेता बुढालाई पार्टीकाे सदस्य समेत नरहनेगरी निस्कासित गरेकाे हाे ।
नेता बुढाले २०७९ बैशाख ३० मा भएकाे स्थानीय तहकाे निर्वाचन र मंसिर ४ मा भएकाे संघ तथा प्रदेशकाे निर्वाचनमा पार्टी विरोधी क्रियाकलापमा संलग्न भई पार्टीलाई क्षति पुर्याएकाे भन्दै पार्टीकाे साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएकाे एमाले बाजुराका सचिव भरत थापाले जानकारी दिएका छन्।
पार्टीबाट निस्कासित भएका नेता बुढा हिमाली गाउँ पालिकाका हुन् । नेकपा (माओवादी केन्द्र)बाट आएका बुढा सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिएपछि एमालेमा बसेका थिए।
त्यस्तै एमाले जिल्ला कमिटीकाे बैठकले जिल्ला कमिटी  सदस्य  गणेश शाही पनि संघ र प्रदेशकाे निर्वाचनमा पार्टीका विरूद्व लागेकाेले उनलाई ७ दिनकाे म्याद दिई स्पष्टीकरण माग्ने निर्णय भएकाे पार्टी सचिव थापाकाे भनाई छ। नेता शाही खप्तड क्षेडेदह गाउँपालिकाका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार