नागरिक रैबार/बाजुरा २० पुस। बाजुरा जिल्लाका विभिन्न सडक खण्डहरुमा चल्ने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुल्ने गरेको र यात्रुहरुलाई टिकट समेत नदिने गरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभरको भाडादर निर्धारण गरेको छ ।
जिल्लामा चल्ने जिप व्यवसायी संग हिजो बसेको बैठकले जिल्लाका सडकहरुको गुणस्तर, इन्धनको उपलव्धता र सवारी साधानको यात्रु क्षमतालाई मध्येनजर गरी यस अघि असोज ६ गते जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले कच्चि सडकमा प्रति किलोमिटर १८, ग्रावेल सडकमा प्रतिकिलोमिटर १२ र पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ भाडादर अनुसार कायम गर्न जिप व्यवसायीलाई प्रशासनले आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु