होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आव्हान
समाचार

सुदूरपश्चिम सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आव्हान

  • नागरिक रैबार
सुदूरपश्चिम सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आव्हान

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजे भित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी गराए। संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ। सुदूरपश्चिम प्रदेशमा १९ सिट जितेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपा एक र स्वतन्त्र एक प्रदेश सभा सदस्य छन्।

विज्ञापन

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न समय निर्धारण गरिएको छ।दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै