



राजेन्द्र विक बाजुरा,१५असोज। यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ ।
जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने गरि तयारी सुरु गरिएको छ ।बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको अतरिया,धनगढी, लगायतका बजारमा पुर्याउन लागिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरि प्रसाद पनेरुले बताउनुभयो ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका बाट पहिलो चरणमा २ सय क्विन्टल, बुढिनन्दा नगरपालिकाको पाण्डुसैन बाट १ सय २० क्विन्टल स्याउ कृषि ज्ञान केन्द्र बाजुराको ४० प्रतिशत अनुदान सम्बन्धित पालिकाहरुको ४० प्रतिशत अनुदान गरि ८० प्रतिशत ढुवानी अनुदान र किसानहरुको २०प्रतीशत लगानीका बाट किसानको बारीबाटै स्याउ उठाएर बजारीकरणका लागि देशका ठुला सहरहरूमा पठाउन सम्झौता गरिएको प्रमुख पनेरुले बताउनुभयो ।
बर्सातले जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध भई स्याउ ढुवानी गर्न केही ढिलाइ भएपछी समस्या हुने हो की भन्ने चिन्तामा रहेका स्याउ कृषक भने ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानसहित बजारीकरण गरिदिन सम्झौता गरिदिएपछि निकै खुशी भएका छन्।
यो बर्ष राम्रो स्याउ फल्यो तर सडक अवरुद्धले ढुवानी गरेर बिक्री गर्न नपाई बारीमै कुहिने हो की भन्ने पिरलो थियो अब ढुक्क छौँ । स्याउले बजार पाउने भो ।” बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका दिनेश बोहोराले खुशी ब्यक्त गर्दै भन्नुभयो।
जिल्लाका स्वामिकार्तिक खापर गाउँपालिकाका स्याउ खच्चर मार्फत पिलुचौर र पिलुचौर बाट ट्रकमा धनगडी पठाइने तथा पाण्डुसैनका स्याउ जिप मार्फत मार्तडी र मार्तडी बिक्री नभए धनगढी पठउने गरि योजना बनाइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।स्याउ प्याकेजिङ् सामग्रीका लागि जि आइ जेठ संस्थाले समेत सहयोग गरेको छ।
निकै मीठो र अर्गानिक मानिएको बाजुराको स्याउ उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ।
बाजुरा जिल्लाभरि एक सय ७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेक्ट्रिक्टन स्याउ उत्पादन हुने गरेको छ ।





फेसबुक प्रतिक्रियाहरु