होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियु बाजुराले बडीमालिका क्षेत्रमा बैठक गर्ने
समाचार

अनेरास्ववियु बाजुराले बडीमालिका क्षेत्रमा बैठक गर्ने

  • नागरिक रैबार
अनेरास्ववियु बाजुराले बडीमालिका क्षेत्रमा बैठक गर्ने

नागरिक रैबार/बाजुरा १७ साउन । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सुदूरपश्चिमकाे प्रमुख धार्मिक स्थल बडीमालिका क्षेत्रमा ११ औं बैठक गर्ने निर्णय गरेको छ ।

अनेरास्ववियुकाे हिजाे मार्तडीमा बसेकाे १० बैठकले अर्काे ११ औं बैठक धार्मिक स्थल बडीमालिका क्षेत्रमा बस्ने निर्णय गरेकाे अध्यक्ष दिलबहादुर थापा भाेटेले बताएका छन् ।

त्यस्तै बैठकले बर्षादको समयमा हुने विपदजन्य घटनामा सहयोग गर्न उद्दार समिति गठन गरेकाे छ । अनेरास्ववियु  बाजुराका अध्यक्ष दिलबहादुर थापा भोटे संयोजक रहने गरी ७ सदस्यीय विपद उद्दार समिति गठन गरेको सचिव हिक्मत थापाले बताएका छन्।

बर्षादको समयमा आउने बाढी पहिरो र अन्य विपदजन्य क्षतिका लागि उद्दार टिम गठन गरिएको अनेरास्ववियु। अनेरास्ववियुको मार्तडीमा बसेको बैठकले १० औं बैठक धार्मीक पर्यटकीय क्षेत्र बडीमालिका र त्रिवेणी धाममा बैठक गर्ने निर्णय गरेको छ ।

त्यस्तै सबै मावि र क्याम्पस तहमा प्रारम्भीक कमिटी गठन गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले विभागिय जिम्मेवारीपनि बाँडफाँड गरेको छ । जसमा संगठन विभाग प्रमुख लक्ष्मण रोकाया, प्रचार प्रसार विभाग प्रमुख प्रकाश खड्का, खेलकुद विभाग सन्जय विक, साँस्कृतिक विभाग रमित मल्ल र महिला विभाग प्रमुखमा सरिता थापाले जिम्मेवारी पाएका छन् ।

विज्ञापन

अनेरास्ववियुले प्रदेश क र ख को निर्वाचन क्षेत्रीय कमिटी गठनका लागि पनि क मा प्रेम नेपाली संयोजक रहने गरी  सहसंयोजक नन्दबहादुर खत्री, सदस्यमा चेतरा बोहरा र जनक रोकाया रहेको समिति गठन गरेका छन् ।

यस्तै लक्ष्मण रोकाया संयोजक र प्रकाश खड्का सहसंयोजक रहने गरी सरिता थापा, रोहन साउँद, सन्जय विक रहेको समिति गठन गरेका छन् । अनेरास्ववियुले असोज भित्र पालिका र विद्यालय तथा क्याम्पस कमिटी गठन गरि सक्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै