होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मनामा लाग्ने दशैं मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाही आउने
Breaking News

मनामा लाग्ने दशैं मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाही आउने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मनामा लाग्ने दशैं मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाही आउने

राजेन्द्र विक बाजुरा,१५कार्तिक
बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको द अवसरमा लाग्ने मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाहि बिच देउडा प्रतियोगिता हुने देउडा ब्यबस्थापक एवम् कलाकार छत्र साउंदले बताएका छन्।
देउडा १७ गते बिहान बाट शुरु भइ दिनभर संचालन हुने हुँदा मेलालाई सभ्य भव्य र मर्यादित रुपमा सफल पार्न वडाले सुरक्षा ब्यबस्था लगायत व्यापक तयारी गरेको छ ।
मेला लाग्ने दिन वडा भित्र मदिरा विक्रि वितरण, मदिरा सेवन र जुवातास जस्ता क्रियाकलाप नगर्न वडाबासीलाई वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आग्रह समेत गरेको छ ।बडा दशैं मेलामा होहल्ला गरी संचालित कार्यक्रम लाइ विथोल्ने प्रयास गरेमा बडीमालिका नगरपालिकाको मदिरा र जुवातास ऐन अनुसार कारवाही गरिने समेत वडा कार्यालयले जनाएको छ ।
मेला अवधिभर वडामा मदिरा सेवन, विक्रीवितरण र जुवातास खेलेको पाईएमा कडा कारवाही गरिने वडा अध्यक्ष धर्मपाल मिजारले बताएका छन् । मेलामा मदिरा विक्रि वितरण गर्नेलाई १२ हजार ५ सय, मदिरा सेवनकर्तालाई ७ हजार पाँचसय, जुवातास खेलाउनेलाई १५ हजार र जुवातास खेल्नेलाई १३ हजार रुपैयाँ जरिभाना तिराएर कारवाही गर्ने वडा सदस्य रनसिंह साउंदले बताएका छन् ।
भोलि १६ गते भने गाउँमा रहेका २ ओटै भगवती मन्दिरमा एकसाथ पुजा आजा हुने स्थानिय गोभिन्द्र जिएल ले जानकारी दिएका छन्।
चर्कित देउडा खेलाडीहरु मनामा आउने भएपछी छिमेकी गाउँहरु बाट समेत मेला हेर्न हजारौंको संख्यामा स्थानियहरु आउने अनुमान गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै