होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपाली काँग्रेस बाजुराको चुनावी आमसभा मार्तडीमा सम्पन्न
Breaking News

नेपाली काँग्रेस बाजुराको चुनावी आमसभा मार्तडीमा सम्पन्न

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाली काँग्रेस बाजुराको चुनावी आमसभा मार्तडीमा सम्पन्न

नागरिक रैबार/बाजुरा १७ चैत्र। नेपाली काँग्रेस बाजुराको चुनावी सभा मार्तडीमा सम्पन्न भएको छ । घर-घर जाऔं काँग्रेस जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले विहिबार दोस्रो पटक जिल्ला स्तरीय चुनावी सभाको आयोजना गरेको थियो ।

चुवानी सभालाई सम्बोधन गर्ने सवै नेताहरुले आगामी बैशाख ३० गतेको चुनावमा काँग्रेसलाई देशकै ठुलो पार्टी बनाउन सवै जनताले लाग्नु पर्ने आग्रह गरेका थिए ।

सभामा बोल्ने नेताहरुले कम्युनिष्टकै कारण देशमा लोकतन्त्र खत्रामा परेको र देशमा लोकतन्त्र जोगाउनकै लागि भएपनि काँग्रेलाई यस पटक जनताले बहुमत दिएर जिताउन आवश्यक रहेको बताएका छन् ।

विज्ञापन

काँग्रेस बाजुराका सभापति रामसिंह रावलको अध्यक्षतामा भएको चुनावी सभामा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति विरबहादुर बलाएर प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथि काँग्रेस सुदूरपश्चिमका महामन्त्री मेघराज खड्का लगायत काँग्रेस बाजुराका नेता पूर्व भुमि सुधार सहायक मन्त्री जनकराज गिरी, पूर्व पार्टी सभापति मनबहादुर रावल, निवर्तमान सभापति कविराज पंडित, महाधिवेशन प्रतिनिधि महाँ नेपाली अतिथि रहेका थिए । चुनावी सभाको काँग्रेस बाजुराका पार्टी सचिव तिलकराज पुरीले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै