होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेको माग सम्बोधन गर्न कर्णालीमा कार्यदल गठन
समाचार

एमालेको माग सम्बोधन गर्न कर्णालीमा कार्यदल गठन

  • नागरिक रैबार
एमालेको माग सम्बोधन गर्न कर्णालीमा कार्यदल गठन

१७ माघ, सुर्खेत । कर्णालीमा प्रमुख विपक्षी दल नेकपा एमालेको माग सम्बोधन गर्न पूर्वकानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह र नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाहीछन् । संयोजक भण्डारीले प्रदेशसभाको गतिरोध अन्त्य गर्ने र बजेटमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको बताए ।

‘टास्क फोर्सले सभामा देखिएका गतिरोध अन्त्य गर्दै सदन सञ्चालन गर्ने, सहमतिको वातावरण निर्माण गर्ने र बजेटमा देखिएको केही समस्या समाधान गर्ने छ । त्यसका लागि हामीले आवश्यक काम पनि थालिसकेका छौं’ संयोजक भण्डारीले भने ।

आइतबार मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको माग सम्बोधन गर्न कानुन बमोजिम बजेटमा हेरफेर गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसपछि आइतबार राति नै कार्यदल गठन गरिएको थियो ।

कार्यदलले सदनको गतिरोध अन्त्य गर्न आवश्यक सुझाव सर्वदलीय वैठकमा पेश गर्ने म्याण्डेट पाएको छ । सम्भव भएसम्म सोमबार नै सुझाव पेश गर्ने तयारी गरेको संयोजक भण्डारीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुराना अलपत्र आयोजनालाई पूर्णता दिनुपर्ने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन हुनुपर्ने माग अघि सारेको छ ।

विज्ञापन

त्यस्तै टुक्रे आयोजनालाई कार्यान्वयन गर्न नहुने, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फेरबदल भएको कार्यविधि संशोधन गर्नुपर्ने, सदनलाई पर्याप्त बिजनेस दिनुपर्ने, क्षेत्र विकास कोषको बजेट सबै क्षेत्रमा पठाउनुपर्ने माग पनि एमालेले राखेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार