धनगढी: सुदूरपश्चिममा आज सबैभन्दा लामो रात तथा पुषे पन्ध्रका रुपमा धुमधामसंग मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ।
पुुस १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको छ भने घिउमा पकाएका सेलरोटी,माँडा खाने चलन पनि रहेको छ। आजको दिन धेरै ठाउँमा वनभोज गर्ने चलन पनि रही आएको छ। यद्यपि पछिल्लो समयमा यो चलन हराउँदै गएको छ। पुस १५ का दिन मनाइने पुषे पन्ध्र पर्वमा विवाहित छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्य रूपमा स्वागत सत्कार गर्ने चलन रही आएको छ।
फेसबुक प्रतिक्रियाहरु