होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुर्व्यवहार भएको भन्दै ‘कबड्डी ४’की नायिका प्रहरीकहाँ पुगिन्, एक जना पक्राउ
समाचार

दुर्व्यवहार भएको भन्दै ‘कबड्डी ४’की नायिका प्रहरीकहाँ पुगिन्, एक जना पक्राउ

  • नागरिक रैबार
दुर्व्यवहार भएको भन्दै ‘कबड्डी ४’की नायिका प्रहरीकहाँ पुगिन्, एक जना पक्राउ

काठमाडौं । हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् । काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् ।

उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ । एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘सोमबार उनीमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद लिने तयारी छ ।’

प्रत्यक्षदर्शीहरुले नायिकाले ती युवकलाई झापड हानेको पनि बताएका छन् । ‘पछाडिबाट अस्वाभाविक रुपमा उनले पटकपटक छोएको उहाँको भनाइ छ,’ प्रहरी स्रोत भन्छ, ‘के भएको हो भन्ने थप अनुसन्धान गरिरहेका छौं ।’

विज्ञापन

पक्राउ परेका व्यक्तिले चाहिं ‘भीडमा भुलबस छोइएको’ दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि