होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अम्कोटका स्थानीयले गरे साँफे-मार्तडी सडक अवरुद्ध
Breaking News

अम्कोटका स्थानीयले गरे साँफे-मार्तडी सडक अवरुद्ध

  • नागरिक रैबार
अम्कोटका स्थानीयले गरे साँफे-मार्तडी सडक अवरुद्ध

नागरिक रैबार/बाजुरा १६ चैत्र । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ अम्कोटका स्थानीयबासीले साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा सडक अवरुद्ध गरेका छन् ।

साँफे मार्तडी सडककै कारण अम्कोट बासीका खेतियोग्य जमिन र अम्कोटको बस्तीमा क्षती पुगेको भन्दै त्यहाँका स्थानीयहरुले सडक नै अवरुद्ध गरेका हुन् ।

सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे-मार्तडी सडक निर्माणकै कारण अम्कोट बासीका खेतियोग्य जमिन र घरहरु विस्थापित भएको वर्षौ वित्न लाग्दा समेत राज्यबाट उचित क्षतिपुर्ति पाउन नसकेको भन्दै अम्कोटबासीले बुधबार विहानै देखि साँफे मार्तडी सडक अवरुद्ध गरेका हुन् ।

विज्ञापन

साँफे-मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा स्थानीयहरुले बुधबार विहानै देखि सडक अवरुद्ध गरेर यातायात संचालन गर्न नदिएपछि जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी आउने यात्रुबाहक बस र यात्रुहरु बल्देमा अलपत्र परेका छन् ।

अम्कोटमा रहेको सो सडकको तलबाट वर्षेनी बुढीगंगा नदिको कटान र खेतियोग्य जमिनमा डोजर लगाएर सडक निर्माण गरेसंगै अम्कोटबासीहरुमा उठिबास हुने चिन्ता छ । अघिल्लो फागुन अन्तरित अम्कोटका स्थानीयहरु उचित क्षतीपुर्ति र बस्ती विस्तारको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरामा धर्ना दिन आएका थिए ।

उक्त दिन प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले अम्कोटबासीका मागहरु सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर उनीहरु प्रशासनमा धर्ना दिएको २ साता वित्न लाग्दा समेत स्थानीयको गुनासोको कुनै सुनुवाई नभएपछि सडक अवरुद्ध गर्न बाध्य भएको अम्कोटबासीले बताएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारीले भने अम्कोटबासीको समस्याको समाधान गर्न लागि परेको बताउँदै आएका छन् ।

जिल्लाको विपद् व्यवस्थापन समिति र सडक डिभिजन कार्यालय अछामले अम्कोटका बाढीपहिरो पिडितको निजि आवास पुननिर्माण, उचित राहत तथा बस्ती विस्तार गर्ने आश्वासन दिएर वर्षेनी खेतियोग्य जमिनमा डोजर लगाएर सदरमुकाम मार्तडीसम्मको मुख्य राजमार्ग सडक सूचारु गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार