होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले मकवानपुरले चैत २५ मा उम्मेदवार छनोट गर्ने
समाचार

एमाले मकवानपुरले चैत २५ मा उम्मेदवार छनोट गर्ने

  • नागरिक रैबार
एमाले मकवानपुरले चैत २५ मा उम्मेदवार छनोट गर्ने

नेकपा एमाले मकवानपुरले आगामी चैत २५ गतेभित्र स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोट गर्ने भएको छ । एमाले मकवानपुरको मंगलबार बसेको जिल्ला सचिवालय बैठकले एक सर्कुलर जारी गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका निर्माण गर्दै आगामी चैत २५ भित्रै उम्मेदवार छनौट गर्ने तय गरेको हो ।

कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटीको बैठक चैत २३ र २४ गते तथा पालिका बैठक सम्पन्न गरेर २५ गते सबै स्थानीय तहका उम्मेदवार टुङ्ग्याउन भनेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरूको उम्मेदवार तथा पालिका बैठकले अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारहरू तय गर्ने र जिल्ला कमिटीलाई सिफारिस गर्न बैठकले सर्कुलर गरेको छ ।

जिल्ला कमिटीको बैठक चैत्र २९ गते बस्ने र जिल्ला कमिटीले स्थानीय प्रदेशलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्नेछ । बैठकले पार्टीलाई स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रित कार्यक्रमहरूमा परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै मतदाता नामावलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागू गर्न पनि बैठकले निर्णय गरेको छ । उम्मेदवार टुङ्गिएसँगै वैशाख ३० गते हुने निर्वाचनका लागि एक महिने अभियान सञ्चालन गर्ने एमाले मकवानपुरको तयारी रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि