नागरिक रैबार/ बाजुरा १५ चैत्र । नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी बाजुराको दोस्रो पूणर् बैठक सदरमुकाम मार्तडीमा बसिरहेको छ ।
मंगलबार जनता समाजवादी पार्टी नेकपा एकिकृत समाजवादी पार्टीमा समायोजन भएसंगै पार्टीको दोस्रो पूणर् बैठक बसेको हो ।बैठकमा जनता समाजवादी पार्टीबाट आएका नेताहरुको पदीय जिम्मेवारी, र आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गरिने एकिकृत समाजवादी पार्टी बाजुराका सचिव पुरबहादुर रावतले बताएका छन् ।
समाजवादी पार्टी बाजुराका अध्यक्ष गगन रावलको अध्यक्षतमा बसीरहेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज हिक्मत बहादुर शाही, नेताहरु नवराज जैशी, चिरञ्जीवी शाही, नरेन्द्र रावल, टेक बडुवाल लगायत सहभागी छन् ।
फेसबुक प्रतिक्रियाहरु