होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा चितुवाको छालासहित २ जना पक्राउ
समाचार

कञ्चनपुरमा चितुवाको छालासहित २ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कञ्चनपुरमा चितुवाको छालासहित २ जना पक्राउ

धनगढीः कञ्चनपुरमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन्। बुधबार जिल्लाको कृष्णपुर नगरपालिका-३ बाट प्रहरीले उनीहरुलाई समातेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ काडेकी ४० वर्षीया मालती मल्ल र जोसिनाका २९ वर्षीय मोहन सार्की रहेका छन्। उनीहरुले धानबारीमा लुकाएको अवस्थामा २ थान चितुवाको आलो छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

उनीहरु दुवैले पहाडबाट ल्याएर उक्त छाला लुकाएको हुनसक्ने प्रहरीले जनाएको छ। अहिले प्रहरीले उनीहरुलाई छालासहित वन कार्यालयको जिम्मा लगाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै