होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लस एन्जलसका लागि खेल्न बेल उत्साहित, पारिश्रमिक कति ?
समाचार

लस एन्जलसका लागि खेल्न बेल उत्साहित, पारिश्रमिक कति ?

  • नागरिक रैबार
लस एन्जलसका लागि खेल्न बेल उत्साहित, पारिश्रमिक कति ?

काठमाडौं । स्पानिस च्याम्पियन रियल मड्रिडबाट बहिर्गमनपछि ग्यारेथ बेल अमेरिकन क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् । एक वर्षका लागि लस एन्जलसमा अनुबन्ध भएका वेल्सका स्टार बेलले आफू त्यहाँ खेल्न उत्साहित रहेको बताएका छन् ।

वेल्सका कप्तान ३२ वर्षीय बेलले फ्रि एजेन्टका रुपमा लस एन्जलसमा अनुबन्ध भएका हुन् । ‘म लस एन्जलसमा आबद्ध हुँदा एकदमै उत्साहित छु,’ उनले यो आफू र आफ्नो परिवारका लागि सही ठाउँ भएको बताए ।

विभिन्न क्लबसँग नाम जोडिएका बेल अमेरिकन क्लब पुगेपछि उनको पारिश्रमिक कति होला भन्ने धेरैलाई चासो छ । आधिकारिक रुपमा यो सार्वजनिक नभएपछि विभिन्न अन्तर्राष्ट्रिय रिपोर्ट अनुसार उनको पारिश्रमिक कम छ ।

विज्ञापन

अमेरिकामा खेल्ने चिकागो फायरका जेर्दान शाकिरी, लस एन्जलस ग्यालेक्सीका ज्याभिएर हर्नान्डेज, टोरोन्टो एफसीका नयाँ खेलाडी लरेन्जो इनसिग्ने भन्दा बेलको पारिश्रमिक कम रहेको उनीहरुको भनाइ छ ।

लस एन्जलस टाइम्सका अनुसार बेलको तलब १.६ मिलियन अमेरिकन डलर छ । जुन रियलमा उनले पाएको भन्दा धेरै कम रकम हो ।

लस एन्जलससँगको सम्झौताअनुसार बेलले एक वर्षको सम्झौता नवीकरण गर्न सक्ने विकल्प पनि छ । मेजर सकर लिग (एमएलएस) मा धेरै कमाउने लरेन्जो इनसिग्नेले १२.४२ मिलियन अमेरिकन डलर प्राप्त गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै