होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • अध्ययन भन्छ : आम जनताभन्दा धेरै बाँच्छन् नेताहरु, कारण यस्तो छ
विचित्र संसार

अध्ययन भन्छ : आम जनताभन्दा धेरै बाँच्छन् नेताहरु, कारण यस्तो छ

  • नागरिक रैबार
अध्ययन भन्छ : आम जनताभन्दा धेरै बाँच्छन् नेताहरु, कारण यस्तो छ

काठमाडौं । संसारलाई प्रभावित गर्ने मानिस अर्थात् नेताहरुसँग सम्बन्धित एक विशेष तथ्य वैज्ञानिकहरुले खुलासा गरेका छन् । पछिल्लो अध्ययनले आम मानिसहरुको तुलनामा नेताहरुको आयु धेरै हुने तथ्य पत्ता लगाएको छ । यसबाट संसारभरका कूलीन र आम मानिसहरु बीचको गहिरो असमानता समेत प्रष्ट भएको छ ।

शोध अनुसार नेताहरु र जनताबीचको औषत आयुबीचको अन्तर समयक्रमसँगै बढ्दै गएको छ । १९ औँ शताब्दीको अन्त्य तथा २० औँ शताब्दीको सुरुवातताका अधिकांस देशमा त्यहाँका नेताहरुको मृत्युदर आम जनताको मृत्युदर जस्तै थियो । तर २० औँ शताब्दीका क्रममा नेता र जनताको मृत्युदरको अन्तर सबै देशमा व्यापक रुपमा बढेर गयो ।

यस सम्बन्धमा अक्सफोर्ड विश्वविद्यालयले गरेको शोधको रिपोर्ट युरोपियन जर्नल अफ इपिडिमियोलोजीमा प्रकाशित भएको छ ।

विज्ञापन

शोधकर्ताहरुले अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, न्युजिल्याण्ड, स्विजरल्याण्ड, बेलायत तथा अमेरिका सहितका ११ देशका ५७ हजार ५ सय भन्दा धेरै नेता तथा जनताको तथ्यांक विश्लेषण गरी आम जनताभन्दा नेताहरु धेरै बाँच्ने गरेको निष्कर्षमा पुगेका हुन् । शोधकर्ताहरुले सन् १८१६ देखि सन् २०१७ को बीचमा ती सबै देशका नेताहरुको रेकर्ड विश्लेषण गरेका थिए ।

त्यसमा महिला नेताहरुको संख्या ३ प्रतिशतदेखि २१ प्रतिशतसम्म रहेको छ । शोधबाट पुरुषको तुलनामा महिलाहरु औसतमा धेरै वर्षसम्म बाँच्ने गरेको समेत देखिएको छ ।

रिपोर्ट अनुसार वर्तमानमा स्विजरल्याण्डमा आम मानिस तथा नेताहरुबीचको औसत आयुको अन्तर ३ वर्ष छ भने अमेरिकामा यस्तो अन्तर ७ वर्ष रहेको छ । त्यस्तै इटालीमा एक आम मानिसको मृत्युको सम्भावना उसको समान उमेर तथा लिंगका नेताको तुलनामा २.२ गुणा अधिक छ । न्युजिल्याण्डमा यस्तो अन्तर १.२ गुणा छ ।

कारण के होला ?

आम मानिसभन्दा नेताहरुको आयु बढ्नुका विभिन्न कारण छन् । उदाहरणका लागि २० औँ शताब्दीको सुरुवाती ५० वर्षमा कुलीन तथा पेशाकर्मी मानिसहरुमा धूमपानको दर उच्च थियो । तर सन् १९५० को दशकपछि उच्च वर्ग तथा पेशा व्यवसायधारी मानिसहरुमा धूमपानको दरमा कमी आयो । आम मानिसहरुको तुलनामा सन् १९५० को दशकपछि नेताहरुमा धूमपानको दरमा तीव्र रुपमा कमी आएको शोधकर्ताको ठम्याइ छ । यसले उनीहरुको आयुमा बढोत्तरी गर्न महत्वपूर्ण भूमिका खेल्यो ।

शोधकर्ताहरुका अनुसार यसको अर्को कारण मुटुको स्वास्थ्य पनि हुन सक्दछ । नेताहरुमा मुटुरोगको जोखिम आम मानिसको तुलनामा धेरै हुन्छ । तर सन् १९६० को दशकमा एन्टीहाइपरटेन्सिभ औषधिहरु व्यापक रुपमा उपलब्ध भएर मुटुरोगको सहज उपचार सम्भव भएसँगै हृदयाघात लगायतका मुटुरोगबाट नेताहरुमा हुने मृत्युदरमा उल्लेख्य कमी आएको छ ।

नेताहरुको औसत आयु आम जनताको भन्दा धेरै हुनुको एउटा प्रष्ट तथा सबैभन्दा ठूलो कारण चाहिं पैसा तथा आर्थिक असमानता नै हो । नेताहरुको आम्दानी आमा मानिसहरुको तुलनामा धेरै हुन्छ जसका कारण उनीहरु स्वस्थ जीवनशैली, उपचार तथा स्वास्थ्यमा धेरै खर्च गर्न सक्दछन् र त्यसले उनीहरुलाई दीर्घायु र स्वस्थ बनाउँछ । नेताहरु र सामान्य जनताबीच जीवन जिउने तरिकामा हुने फरक गहिरो बन्दै गइरहेको छ ।

–एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार