होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहमा खटाइयो एकैचोटी ५१४ कर्मचारी
समाचार

स्थानीय तहमा खटाइयो एकैचोटी ५१४ कर्मचारी

  • नागरिक रैबार
स्थानीय तहमा खटाइयो एकैचोटी ५१४ कर्मचारी

काठमाडौं । लामो समयदेखि कर्मचारी अभाव झेलिरहेको स्थानीय तहमा एकैचोटी ५१४ कर्मचारी खटाइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट पास गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका कर्मचारीलाई खटाइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार गत शनिबारसम्म मन्त्रालयमा आएको निवेदनको आधारमा कर्मचारी खटाइएको हो । नयाँ पदस्थापना भएका र सरुवा भएका कर्मचारीहरु कामकाजमा खटाइएको पत्र इमेलबाट बुझेर सिधै स्थानीय तहमा हाजिर हुनसक्नेछन् ।

मन्त्रालयले खटाइएको कर्मचारीमा अधिकांश अधिकृत स्तरका छन् । हार्डकपीको लागि भनेर मन्त्रालयमा नआउनसमेत सामान्य प्रशासनले निर्देशन दिएको छ ।

विज्ञापन

मन्त्रालयले सबै स्थानीय तहहरुमा सहमति र सम्झौता नै गरेर कर्मचारी पठाएता पनि केहि स्थानमा कर्मचारीहरु पठाउन समस्या भएको विडारीले बताए । २१ जना कर्मचारी भने हाजिर हुन नसक्ने वातावरण सिर्जना भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित स्थानीय तहको प्रमुखको हस्ताक्षर नभएको सहमति पत्र, स्थानीय तहले सहमति भंग गरेको, सहमतिमा दरबन्दी रिक्त नभएको उल्ल्लेख भएको र कतै सम्बन्धित पालिकाले सहमति नै नगरेको विज्ञप्तीमा जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि