होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोल्पाको बलले सिंहदरबारमा लडिरहेको छु : प्रचण्ड
समाचार

रोल्पाको बलले सिंहदरबारमा लडिरहेको छु : प्रचण्ड

  • नागरिक रैबार
रोल्पाको बलले सिंहदरबारमा लडिरहेको छु : प्रचण्ड

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको बताएका छन् ।सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि आफूहरुलाई घेरा हाल्न खोजेको तर आफू लडिरहेको बताए ।

‘तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो,’ प्रचण्डले भने, ‘अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि लागि रहेका छन् । त्यसविरुद्ध हामी हतियारबिना लडिरहेका छौं । लडाइँ उस्तै छ । हामीलाई घेरा हालेर सक्न खोजेका छन्, हामी घेरा तोडेर विजय हुन खोजिरहेका छौं ।’

प्रचण्डले आफूले सोचेभन्दा तीव्र गतिमा रोल्पामा विकास भएको पाएको समेत बताए । ‘जहाँ माओवादी केन्द्रले नेतृत्व गरेको छ, त्यहाँ विकास भएको छ,’ उनले भने, ‘मैले रोल्पामा यति चाँडै विकास होला भन्ने सोचेको थिइनँ । विद्युत ६० प्रतिशत पुगेको छ । स्वाथ्य सबैतिर पुगेको छ । शिक्षामा सुधार हुँदैछ ।’

विज्ञापन

प्रचण्डले रोल्पा क्रान्तिका लागि मात्रै नभइ शान्तिपूर्ण रुपान्तरणका लागि पनि अब्बल रहेको बताए । ‘रोल्पा जिल्ला क्रान्तिकारी परिर्वतनका लागि मात्रै प्रतिवद्ध होइन, शान्तिपूर्ण रुपान्तरण र विकासमा पनि योगादन गर्न सक्छ भन्ने लाग्छ’ उनले भने ।रोल्पा‘लालकिल्ला’ रहिराख्ने भन्दै प्रचण्डले रोल्पालीकै योगदानका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

‘रोल्पा लाल किल्ला थियो, छ र रहिराख्ने छ,’ उनले भने, ‘तपाईंहरुको योगदान नभएको भए यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन । सबैले राज्यमा राज्यमा प्रतिनिधित्व पाउने सम्भावना थिएन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि