होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने
समाचार

जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने

  • नागरिक रैबार
जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने

काठमाडौं। जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । उक्त स्कुलका नेपाल संयोजक दयानन्द कपाडीका अनुसार एसईई गत वर्षदेखि सुरु भएको हो ।

गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो भने यो वर्ष राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार हुनेछ ।

एसईईमा १९ जना विद्यार्थी सहभागी हुने संयोजक कपाडीले जानकारी दिए । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।

विज्ञापन

परीक्षाको लागि अनलाइन मार्फत प्रश्नपत्र पठाउने तयारी भएको एसईईका परीक्षा नियन्त्रक अर्जुन पराजुलीले बताए । उनले भने ‘प्रश्नपत्र प्लेनबाट पठाउने अथवा अनलाइनबाट भन्ने निर्णय भइसकेको छैन । सम्भवत अनलाइन माध्यम मार्फत नै हुन्छ ।’

विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउने संयोजक कपाडीले बताए । ९० प्रतिशत विद्यार्थी नेपाली मुलका र बाँकी जापानिज, भारतीय तथा दक्षिण एसिया मुलका विद्यार्थीहरु रहेको संयोजक कपाडीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार