होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युक्रेनको राजधानीमा रुसी सेनाको चौतर्फी हमला
समाचार

युक्रेनको राजधानीमा रुसी सेनाको चौतर्फी हमला

  • नागरिक रैबार
युक्रेनको राजधानीमा रुसी सेनाको चौतर्फी हमला

काठमाडौँ — युक्रेनमाथि आक्रमण थालेको पाँचौं दिन रुसी सेनाले राजधानी किभ कब्जा गर्न कडा संघर्ष गरिरहेका छन् । किभका अधिकांश मुख्य स्थान र चोकहरूमा दुई देशका सेनाबीच युद्ध जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी सैनिकहरू शनिबार बिहान युक्रेनी राजधानी किभ नजिकै आइपुगेका थिए । त्यसयता किभका विभिन्न स्थानमा भिडन्त जारी छ । रुसी फौजले केही आवासीय क्षेत्रमा पनि आक्रमण गरेको बीबीसीले जनाएको छ । किभको जुलियानी विमानस्थल नजिकै रुसले प्रहार गरेको क्षेप्यास्त्रका कारण एउटा अपार्टमेन्ट भवनमा क्षति पुगेको छ ।

रुसले राजधानीमाथि नियन्त्रण कायम गर्नका लागि आक्रमण तीव्र पारेपछि युक्रेनी सेनाले नागरिकलाई हतियार दिएको छ । उसले रुसी सैनिकको प्रतिकार गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन किभवासीलाई आग्रह गरेको छ ।

विज्ञापन

रुसी सेनाले आइतबार किभमा चौतर्फी आक्रमण गर्न थालेपछि त्यहाँ भयावहको स्थिति सिर्जना भएको थियो ।यसका साथै रुसी सेनाको हमलालाई मध्यनजर गर्दै युरोपेली संघ (ईयू)ले युक्रेनमा थप हतियार पठाउने घोषणा गरेको छ भने संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले संयुक्त राष्ट्र संघको आमसभा बोलाउने निर्णय गरेको छ ।

त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले न्युक्लियर फोर्सलाई तयारी अवस्थामा बस्न निर्देशन दिएपछि अमेरिकाले यसलाई अस्वीकार्य रहेको बताउँदै यस्तो निर्णय सर्वथा गलत रहेको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार