होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा माओवादी त्यागेका बोहराले भनेः केपी ओली ‘राजनेता’
समाचार

धनगढीमा माओवादी त्यागेका बोहराले भनेः केपी ओली ‘राजनेता’

  • नागरिक रैबार
धनगढीमा माओवादी त्यागेका बोहराले भनेः केपी ओली ‘राजनेता’

धनगढीः हिजो (आइतबार) नेकपा माओवादी केन्द्र त्यागेका डोटीका नेता भरत बोहरा एमाले प्रवेश गरेका छन्। माओवादीलगायतको गठबन्धन सरकारले संसदबाट एमसीसी सम्झौता पारित गरेपछि बोहराले असन्तुष्टि जनाएका थिए। बोहरा माओवादीका सुदूरपश्चिम प्रदेश सदस्य थिए।

यस्तै आज उनले धनगढीमा आयोजित एमालेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एमाले प्रवेश गर्दै केपी ओली राजनेता भएको बताएका छन्। ‘म युवा अवस्थामा बन्दुक समातेर जनयुद्ध लडेको मानिस हो,’ उनले भने, ‘माओवादीका पछिल्ला राष्ट्रघाती क्रियाकलापले त्यहाँ बस्न सक्ने अवस्था रहेन। एमालेको नीति, सिद्धान्त मन परेकाले अबको सारा शक्ति यसै पार्टीमा खर्च गर्छु।’ केपी ओली राजनेता भएको र ओलीबाटै देशको विकास सम्भव भएको उनको भनाइ छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार