होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम बन्द, बन्दकर्तामाथि लाठी चार्ज ,तीन जना घाइते
समाचार

सुदूरपश्चिम बन्द, बन्दकर्तामाथि लाठी चार्ज ,तीन जना घाइते

  • नागरिक रैबार
सुदूरपश्चिम बन्द, बन्दकर्तामाथि लाठी चार्ज ,तीन जना घाइते

धनगढीः एमसीसी परियोजना संसदबाट पारित भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेको छ। विप्लव नेतृत्वको नेकपासहित ६ दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज नेपाल बन्द गरेका हुन्।

बन्दका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन्। धनगढीको मुख्य बजार भने बन्द छ। प्रदेशका मुख्य शहर धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपालय लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ। लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन्। बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि कैलालीका मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उता महेन्द्रनगरमा एमसीसी अनुमोदनको विरोधमा उत्रिएका नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि प्रहरीले महेन्द्रनगरमा लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट तीन जना घाइते भएका छन्।

विप्लव निकट युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी घाइते भएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र शाहले बताए। उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार