होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्वामीकार्तिक खापर गाउँपालिकाले कर्णालीमा फेरी सञ्चालनमा ल्यायो
Breaking News

स्वामीकार्तिक खापर गाउँपालिकाले कर्णालीमा फेरी सञ्चालनमा ल्यायो

  • नागरिक रैबार
स्वामीकार्तिक खापर गाउँपालिकाले कर्णालीमा फेरी सञ्चालनमा ल्यायो

नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको छ। कर्णाली नदीमा तत्काल पुल निर्माण गर्न कठिनाइ भएपछि गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको हो।

आर्थिक वर्ष २०७५।०७६ को बजेटबाट एक करोड ७४ लाख रुपैयाँ लागतमा गाउँपालिकाले फेरी निर्माण गरेको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए। नदीबाट यातायातका साधान वारपार गराउन कर्णालीमा फेरी सञ्चालनमा ल्याइएको हो।

गाउँपालिकाले फेरी सञ्चालन गरेपछि सवारी साधन तार्न सजिलो भएको स्थानीय रोशन शाहीले बताए। फेरी सञ्चालन गरेसँगै गाउँपालिकालाई अब विकास निर्माणका लागि ट्याक्टर, स्काभेक्टर ल्याउन सहज हुने अध्यक्ष शाहीको भनाइ छ। कर्णाली नदीमा फेरी सञ्चालनमा आएसँगै स्वामीकार्तिक खापर गाउँपालिका र कर्णाली करिडोरअन्तर्गत पिलुचौरसम्म जिप, ट्याक्टरलगायतका सवारी साधन आवतजावतमा सहजता आएको छ।

विज्ञापन

नदीबाट जिप, ट्याक्टर तारेपछि एक हजारदेखि एक हजार पाँच सयसम्म शुल्क गाँउपालिकाले उठाउने गरेको फेरी चालक धनजित महताराले बताए। उनका अनुसार अपडाउनको लोड हेरी गाउँपालिकाले शुल्क लिने गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार