होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक्लै एमालेसँग भिड्छु भन्ने कसैको आँट छैनः ओली
समाचार

एक्लै एमालेसँग भिड्छु भन्ने कसैको आँट छैनः ओली

  • नागरिक रैबार
एक्लै एमालेसँग भिड्छु भन्ने कसैको आँट छैनः ओली

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न आँट कसैको नभएकोमा आफूलाई सन्तोष लागेको बताएका छन्। नेकपा एमालेको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग भिड्छु भन्ने कसैको आँट छैन।’ एमालेसँग डराएर अन्य दलहरु एकजुट हुने प्रयास गरिरहेको ओलीले टिप्पणी गरे। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा क्षेत्रीय ९प्रदेश० सभापतिहरुले कांग्रेस एक्लै निर्वाचनमा जाने बताइरहे पनि केन्द्रीय सभापति शेरबहादुर देउवासँग आँट नभएको पनि ओलीले बताए।

उनले भने, ‘कांग्रेसको बैठकमा क्षेत्रीय (प्रदेश) सभापतिहरुले एक्लै लड्नुपर्छ भनेछन्। देउवाले हप्काउनुभएछ– नचाहिने कुरा गर्ने हो ? एक्लै लड्यो भने के हुन्छ थाहा छैनरु तालमेल गर्नुपर्ने हुन्छ।’ एमालेको पाखुरा टुप्पाबाट हेर्दा बलियो देखिएकाले केन्द्रको सभापति एक्लै लड्ने आँट नगरेको उनको भनाइ छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार