होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देश छाड्ने अमेरिकाको प्रस्ताव युक्रेनका राष्ट्रपतिद्वारा अस्वीकार
समाचार

देश छाड्ने अमेरिकाको प्रस्ताव युक्रेनका राष्ट्रपतिद्वारा अस्वीकार

  • नागरिक रैबार
देश छाड्ने अमेरिकाको प्रस्ताव युक्रेनका राष्ट्रपतिद्वारा अस्वीकार

युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले युक्रेनबाट निकाल्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेका छन् । अमेरिकी मिडियाले यसबारे जानकारी दिएका हुन् । समाचार एजेन्सी एसोटिएटेड प्रेसले वरिष्ठ जासुसी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाईं यहाँ छ । मलाई हतियार आवश्यक छ, सवारी होइन ।’

अमेरिकी पत्रिका वासिङ्टन पोस्टले अमेरिकी र युक्रेनका अधिकारीहरूलाई हवाला लिँदै अमेरिकी सरकार राष्ट्रपति जलेन्स्कीको मद्दत गर्न तयार रहेको बताएको छ । रुसको हमलामा राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा उनको धेरै तारिफ भइरहेको छ । उनले आफ्नो भाषणमा रुससँग अन्तिमसम्म लड्ने शपथ लिएका थिए । उनले भने, ‘जब हामीमाथि तिमीहरू हमला गर्छौँ, तब हामी तिमीहरूको सामना गर्नेछौँ, पीठ देखाउने छैनौँ ।’ एजेन्सी

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार