होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस प्रदेश (क) का सभापति बोहरा एमालेमा प्रवेश
समाचार

नेपाली काँग्रेस प्रदेश (क) का सभापति बोहरा एमालेमा प्रवेश

  • नागरिक रैबार
नेपाली काँग्रेस प्रदेश (क) का सभापति बोहरा एमालेमा प्रवेश

नागरिक रैबार बाजुरा १२ बैशाख। नेपाली काँग्रेस बाजुराका प्रदेश निर्वाचन क्षेत्र (क) का सभापति रामबहादुर बोहराले नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेपाली काँग्रेसको टिकट वितरणमा एकलौटी गरेको भन्दै बोहराले एमालेमा प्रवेश गरेका हुन् ।

बुढीनन्दा नगरपालिकाको नगर प्रमुखको उम्मेदवारी सिफारिस गर्दा प्रक्रिया पुर्याई क्षेत्रीय सभापतिको नगर प्रमुखमा सिफारिस भएको तर पाटी भित्र केही व्यक्तिबादी चरित्र र आफु मात्रै सर्वेसर्वा पैशा मात्रको भरमा राजनीति किन्न खोज्ने र पदमा रहँदा पनि पदको हदै सम्मको दुरुपयोग गरेको र पार्टी संस्थागत मुल्य मान्यता विपरित केही व्यक्तिले पार्टी कव्जा गर्न खोजेकोले आजबाटै काँग्रेस बाजुरा प्रदेश क को सभापति सहित पार्टीको सम्पूणर् जिम्मेवारी परित्याग गरेको बोहोराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनले आजैबाट नेकपा एमाले पार्टीमा प्रवेश गरेको जानकारी समेत गराएका छन् । काँग्रेस छाडेर एमाले प्रवेश गरेका बोहरालाई एमाले प्रदेश उपसचिव बल्देव रेग्मी र पार्टीका उपसचिव जनक बोहराले पार्टीमा स्वागत गरेका हुन् ।
May be an image of text

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार