होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय निर्वाचनः उम्मेदवारी दर्ता गर्दा यी कागजात चाहिने, धरौटी रकम कति ?
समाचार

स्थानीय निर्वाचनः उम्मेदवारी दर्ता गर्दा यी कागजात चाहिने, धरौटी रकम कति ?

  • नागरिक रैबार
स्थानीय निर्वाचनः उम्मेदवारी दर्ता गर्दा यी कागजात चाहिने, धरौटी रकम कति ?

धनगढीः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारी दर्ता भइरहेको छ। यो क्रम सोमबार पनि जारी रहनेछ। उम्मेदवारी दर्ताका लागि वडा सदस्यमा ५००, वडाध्यक्षमा १ हजार र अध्यक्ष–उपाध्यक्ष वा मेयर–उपमेयरमा १ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ। निर्वाचन आयोगले यस्तो धरौटी महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने जनाएको छ।

उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको मतदाता भएको प्रमाण देखाउनु पर्ने आयोगले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार