नागरिक रैबार/बाजुरा ११ बैशाख। बाजुरामा नेकपा एमाले पालिका प्रमुख र उप-प्रमुखको टुंगो लाग्यो
नेकपा एमाले बाजुराले जिल्लाका ९ वटैै स्थानिय तहका प्रमुख, उप प्रमुख र अध्यक्ष उपाअध्यक्षहरुको टुगोँ लगाएको छ । नेकपा एमाले बाजुराले जिल्लामा प्रमुख र उप-प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सबैलाई मिलार उम्मेदवारी टुंगो लगाएको नेकपा एमाले बाजुराका प्रचार,प्रसार प्रमुख काँसी विकले बताएका छन् ।
प्रमुख विकका अनुसार जगन्नाथ गाउपालिका अध्यक्षमा काली बहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट, गौमुल गाउपालिका अध्यक्ष हरि बहादुर रोकाया ,उपाध्यक्ष सीता थापा ,हिमाली गाउँपालिका अध्यक्ष अज बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्कीलाई उम्मेदवारको सिफारिस गरिएको बताईएको छ । त्यस्तै स्वामिकार्तिक गाउपालिका अध्यक्ष चर्तुभुज शाही र उपाध्यक्षमा सुलोचना भण्डारी बुढा, खप्तड छेडेदह गाउपालिका अध्यक्षः दिल बहादुर रावत ,उपाध्यक्ष मन देबि ओली ,बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा, उप-प्रमुख ः मनु रोकाया बि सि, बडिमालिका नगरपालिका प्रमुख अमर खड्का,उप-प्रमुख नन्दा थापा, बुढिगङ्गा नगरपालिका,प्रमुख राम बहादुर बानिया,उप-प्रमुख माया कवर, त्रिबेणि नगरपालिका प्रमुख मोतिसिह बुढा, उप-प्रमुख पार्वती देबि बिष्टलाई सिफारिस गरिएको प्रचार प्रमुख कासी विकले बताए ।
चार पालिकामा पुन पुराना जनप्रतिनिधिहरु दोहोरिएका छन् । हिमली,जगनाथ , बुढिगगा र गौमुलमा पुरानै उम्मेदवारहरु दोहोरिएका छन । यता वडाको भने टुंगो लाग्न नसको र आजै टुंगो लाग्ने नेकपा एमाले बाजुराका प्रचार प्रसार प्रमुख विकको भनाई रहेको छ ।
यता सत्तारुढ गठबन्धनमा रहेका नेपाली काग्रेँस, नेकपा माओबादी र नेकपा एकिकृत समाजबादी पार्टीको आन्तरिक किचलोका कारण उम्मेदवार छनौटमै सकस भएको छ । नेपाली काँग्रेसका सभापती रामसिं रावलका अनुसार आज साझँ वा भोली बिहान सम्म मात्रै टुङिने बताएका छन ।
फेसबुक प्रतिक्रियाहरु