होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समग्र कलाकारकै नाक काटियोः शिव परियार
समाचार

समग्र कलाकारकै नाक काटियोः शिव परियार

  • नागरिक रैबार
समग्र कलाकारकै नाक काटियोः शिव परियार
फोटो-शिव परियारको फेसबुकबाट

चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला । तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकारकै नाक काटिएको छ है’, परियारले घटनापछि सामाजिक सञ्जालमाफर्त भनेका छन् ।

समाजमा स्थापित कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको उनको टिप्पणी छ । ‘कलाहरुको पनि कला ललितकला, त्यो भित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ ’, परियारको भनाइ छ ।

कलाकारिता भन्ने गहन अर्थ बोकेको विधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको स्मरण गर्दै उनले यो बुझाईलाई यो घटनाले थप पुष्टि गरेको भन्दै परियारले दुःख व्यक्त गरेका छन् । ‘खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो’, दुःख पोख्दै उनले भनेका छन् ।
१७ वर्षीया नाबालिग गायिकाले शाहविरुद्ध बुधबार बलात्कारको जाहेरी दिएपछि समग्र मनोरञ्जन क्षेत्र तरंगित बनेको बेला परियारबाट यो भनाइ आएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि