एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले पनि प्रतिक्रिया जनाएकाे छ । चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको जनाएको छ।
“चीनले युक्रेनकाे पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ । हामी सबै पक्षहरूलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं,” विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले भनेका छन् ।
फेसबुक प्रतिक्रियाहरु