होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाह्रबोर बन्दुकसहित ३ जना पक्राउ
समाचार

बाह्रबोर बन्दुकसहित ३ जना पक्राउ

  • नागरिक रैबार
बाह्रबोर बन्दुकसहित ३ जना पक्राउ

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाबाट हतियारसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कैलारी गाउँपालिका-३ का ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायत नेतृत्वको गस्ती टोलीले आज बिहान साढे ४ बजेतिर कैलारी गाउँपालिका-५ छोटीपलियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक थान बाह्रबोर बन्दुक र बन्दुकमा प्रयोग हुने पाँच थान टोटा/कार्टिज र तीन थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बलको ३४ नम्बर गणले जनाएको छ ।

विज्ञापन

से २ प ८९२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा हतियारसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि