होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रम: शिक्षक, कर्मचारीका श्रीमति र आफन्त छनोट
समाचार

बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रम: शिक्षक, कर्मचारीका श्रीमति र आफन्त छनोट

  • नागरिक रैबार
बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रम: शिक्षक, कर्मचारीका श्रीमति र आफन्त छनोट

गरिब तथा विपन्न परिवारलाई लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम जनप्रतिनिधी अनुकुल बनेको छ । विपन्न तथा गरिब परिवारलाई छनोट गरेर वर्षको सय दिन कामको अवसर दिने उदेश्य रहेपनि स्थानीय तहका प्रतिनिधीले आफू अनुकुल आस्था मिल्ने आफ्ना आफन्तका लागि प्रयोग गर्ने गरेको पाईएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिकामा नै गरिब, विपन्न र एकल महिलाले पाउने उल्लेख गरिएको छ । अनलाइन फारम भर्दापनि तीनै मापदण्डका आधारमा व्यक्ति छनोट हुने विधी तय गरिएको छ । तर वडा अध्यक्षहरुले निर्देशीका भन्दा बाहिर गएर राजनीति गर्ने गरेको रहस्य खुलेको छ ।
खप्तड छेडेदह गाउँपालिका ६ का वडा अध्यक्ष कुम्भ नाथले वडामा रहेका एकल महिला, गरिब, विपन्नको नाम नै कटाएर शिक्षक, कर्मचारीका श्रीमति र आफन्त छनोट गरेको पाइएको छ । वडा कार्यालयमा स्थानीयले गुनासो गरेपछि उक्त रहस्य खुलेको हो ।

सरकारले तोकेको मापदण्ड विपरित आफुलाई मतदान गरेका र सहयोग गर्ने राजनीतिक आस्था मिल्ने व्यक्तिका आफन्त र परिवारलाई नै रोजगार कार्यक्रममा समावेश गरेको प्रति स्थानीयले आपत्ती जनाएका छन् ।गाउँपालिकाको ६ नम्बर वडामा रहेका शिक्षक, पालिका कर्मचारी, ठेकेदार, वडाका कर्मचारी, लेखापाल लगायतका परिवारका सदस्य तथा तीनकै श्रीमतिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट गरेको पाइएको छ ।

विज्ञापन

प्रधानमन्त्री रोजगार कार्यक्रममा मष्टेश्वरी मावि डोगडीका प्रअ मंगल धामीकी श्रीमति सिर्जना धामी, बह्मदेव आधारभूत विद्यालयका प्रअ रमेश नाथकी श्रीमती लक्ष्मीदेवी नाथ, सोही विद्यालयका शिक्षक गोरे नाथकी श्रीमती नामसरा नाथ, अर्का शिक्षक अर्जुन नाथकी श्रीमती चन्दकला नाथ, शिक्षक चन्द नाथका छोरा सन्तोष नाथ, शिक्षिका सारा नाथका श्रीमान गोरे नाथ योगी, शिक्षिका सत्यदेबि नाथका श्रीमान नन्द नाथ योगी सहीतलाई रोजगार कार्यक्रममा छनोट गरिएको छ ।

यस्तै गाउँपालिकामा कार्यरत पोषण संयोजक शेरबहादुर बुढाकी श्रीमती मना बुढा, सोही वडा कार्यालयमा कार्यरत लेखापाल शंकर नाथकी श्रीमती पार्वती कुमारी गिरी पनि रोजगार कार्यक्रममा छनोटमा परेकी छन् । भने निर्माण व्यवसायी बुद्ध बुढाकी आमा माता बुढा पनि रोजगार कार्यक्रममा नाम समावेश गरिएको छ ।

यस्तै दशरथ माविका शिक्षक खडक धामीकी श्रीमति सुन्धरा धामी र आटीचौर हुलाक सेवा कार्यालयका कर्मचारी काशी नाथ पनि रोजगार कार्यक्रममा परेका छन् ।वडा अध्यक्षकै एकलौटी र मनोमानीमा मापदण्ड विपरित मान्छेहरु छनोट गरिएको आरोप स्थानीय समेत रहेका नेकपा एमालेका नेता तुले नाथले बताएका छन् । आफूलाई मतदान गरेका र सहयोग गर्ने आस्थावान व्यक्तिलाई मात्र कामको अवसर दिएको प्रति नाथले आपत्ती जनाएका छन् ।

वडा अध्यक्ष कुम्भ नाथ योगी नेपाली कांग्रेसबाट निर्वाचित हुन् । हाल नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य समेत छन् । वडाध्यक्ष नाथले मनोमानित एकपक्षीय ढंगले रोजगारमा छनोट गरेको प्रति स्थानीय आक्रोशित बनेका छन् ।

निर्वाचित भएदेखि नै वडा अध्यक्षले आफू अनुकुल र आस्थावना व्यक्तिलाई मात्र अवसर दिने गरेको आरोप स्थानीयको छ । गरिब, विपन्नको सूचीमा रहेका व्यक्तिहरुलाई हटाएर रोजगारी पाएकै परिवारलाई रोजगार दिनु मापदण्ड विपरित आपत्तीजनक काम गरेको आरोप स्थानीयको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा पहिला नाम दर्ता भएरका र पछि छनोटमा परेकाहरुको नाम लिष्ट माग्दा वडाध्यक्ष कुम्भ नाथ र खप्तड छेडेदह गाउँपालिका रोजगार संयोजक लोकराज जोशीले अटेरी गर्ने गरेका छन् । वडा अध्यक्ष नाथले भने आफूले मापदण्ड अनुसार नै फारम भरेकाहरुलाई कामका लागि नाम सिफारिस गरेकोले पूर्वाग्रह नराखेको बताएका छन् । सूची समेत दिन नमानेका अध्यक्ष नाथले आस्था नमिल्नेलाई छानी छानी हटाएको आरोप स्थानीयको छ ।

१ सय जना मध्ये ३८ जना अघिल्लो वर्षकैले निरन्तरता पाएको र बाँकी ६२ जना आफू अनुकुलका नामहरु नै सिफारिस गरेर काम गर्न लगाएको देखिएको छ । आस्थामिल्ने मध्ये पनि कर्मचारी र शिक्षकहरुकै श्रीमति र आफन्तलाई महत्व दिएको पाइएको छ ।अनलाइन फारम भरेर माथिबाट स्वीकृति भएर आएका नामहरु नै हटाएको देखिएको छ । गरिबका नाममा आएको सुविधामा पनि गाउँपालिका रोजगार शाखा र वडा अध्यक्षको मिलोमतोमा मापदण्ड विपरित कार्य गरेको प्रति स्थानीय आक्रोशित बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि