नागरिक रैबार/बाजुरा १० बैशाख।नेकपा एमाले खप्तड क्षेडेदह गाउँपालिकाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पद र ६ वटा वडामा वडा अध्यक्षको टुंगो लगाएको छ ।
एमालेबाट खप्तड क्षेडेदहको अध्यक्षका लागि दिलबहादुर रावत र उपाध्यक्ष पदका लागि मनदेवी ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले बताएको छ ।
एमाले क्षेडेदह गाउँपालिकाका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित वडा नम्बर १, २, ३, ४, ६ र ७ मा वडा अध्यक्ष समेतको टुंगो लगाईसकेको बताएको छ । ५ नम्बर वडाको भने साँझसम्म टुंगो लाग्ने बताईएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले तयार गरेको चुनावी प्रतिवद्धता पत्र पालिकाको केन्द्र डोगडीमा हिजो सार्वजनिक गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु