नागरिक रैबार/बाजुरा १० बैशाख।जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएका छन् । गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही लगायत ७ जना जनप्रतिनिधीले राजीनामा दिएका हुन् । गाउँपालिकाका अध्यक्ष शाहीले पुन अध्यक्षमा दोहोरिनका लागि राजीनामा दिएको बताएका छन ।
नेकपा एकिकृत समाजबादी पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनका लागि आफुले राजीनामा दिएको उनले बताएका छन ।
निर्बाचन आयोगले स्थानीय तहको निर्बाचनमा पुनः उम्मेदवारी बन्न अनिबार्य राजिनामा दिनुपर्ने नियम बनाए संगै हाल जनप्रतिनिधि रहेका जनप्रतिनिधीहरुले राजीनामा दिन लागेका हुन ।
राजिनामा दिनेमा गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही, वडा न १ का वडा अध्यक्ष जनक रोकाया, वडा न २ का वडा अध्यक्ष बिष्णु बुढा, वडा न ५ का वडा अध्यक्ष बिष्न बहादुर शाही, न्यायीक समिति सदस्य नेत्र बहादुर शाही, वडा सदस्यहरु मनिकेश बुढा र संग्राम भण्डारीले राजिनामा दिईसकेको अध्यक्ष शाहीले बताएका छन ।
अर्को चुनावको अघि नै हाल रहेको पदमा रहेका उम्मेदवारहरुले अनिबार्य राजिनामा दिनुपर्ने नियम पछि जिल्लाका अन्य स्थानीय तहका जन प्रतिनिधीहरु पनि राजीनामा दिने तयारीमा रहेका छन ।
फेसबुक प्रतिक्रियाहरु