होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एमालेले चेतनका हत्यारालाई कारवाही नगरेसम्म निर्वाचनका कामहरु अगाडी बढन् नदिने
Breaking News

एमालेले चेतनका हत्यारालाई कारवाही नगरेसम्म निर्वाचनका कामहरु अगाडी बढन् नदिने

  • नागरिक रैबार
एमालेले चेतनका हत्यारालाई कारवाही नगरेसम्म निर्वाचनका कामहरु अगाडी बढन् नदिने

नागरिक रैबार/बाजुरा ६ मंसिर।नेकपा एमाले बाजुराले त्रिवेणीमा चेतन अयडीमाथि घटेकाे घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही अघि नबढाउँदासम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने पत्रकार सम्मेलन मार्फत नेकपा एमाले बाजुराले जनाएको छ ।

म‌गलबार आज दिउसो पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले बाजुरामा निर्वाचनका क्रममा काँग्रेसले बुथ कब्जा गरेर फर्जी मत खसालिएका केन्द्रको निर्वाचन रद्द गरी पुनः मतदान गर्नुपर्ने माग गरेका छन । एमालेले मुख्य निर्वाचन अधिकृतसमक्ष १८ वटा केन्द्रमा पुनः मतदानको माग गरेको छ ।

आइतबार मतदानका दिन नाटेश्वरीमा प्रहरीको गोली लागी स्थानीय युवक सञ्जीव अयडीको मृत्यु भएको थियो भने त्यही राति घरभित्र सुतिरहेका चेतन अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले घरभित्रबाट बाहिर ल्याएर विभत्स हत्या गरेको एमाले बाजुराले पत्रकार सम्मेलनमा बताएको छ ।

विज्ञापन

चेतनका बुवा गगन अयडीले आज जिल्ला प्रहरी कार्यालयमा २२ जनाविरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका छन् । तर अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको र प्रमाण संकलनलगायत अरु अनुसन्धानका काम पनि नथालेको भन्दै पीडित परिवारले गुनासो गरिरहेको छ । यही घटनालाई लिएर बाजुरा सदरमुकाम मार्तडीलगायत मुख्य बजार अशान्त छ।

धाँधली र बुथ कब्जा भइरहेका केन्द्रहरुको मतदान प्रकृया स्थागित गर्न आफूहरुले दिउँसै भनिसके पनि वास्ता नगर्दा हिंसात्मक घटना भएको एमाले स्थायी कमिटी सचिव कणर्बहादुर थापाले पत्रकार सम्मेलनमा बताएका छन् । यस्तै कांग्रेसले पनि ८ वटा केन्द्रमा पुनः मतदानको माग गरेको छ भने बुढीनन्दा ५ मा यही मंसिर १० गत मतदान गराउने निर्वाचन आयोगले निणर्य गरेको र बाँकी ठाउँका बारेमा अध्ययन भइरहेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिएका छन् ।
नेकपा एमाले बाजुराले गरेको पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार