होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सडक नखुल्दा बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव
समाचार

सडक नखुल्दा बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव

  • नागरिक रैबार
सडक नखुल्दा बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव
फाइल तस्विर

नागरिक रैबार/बाजुरा ६ भदाै। वर्षातको समयमा भत्केका सडक नखुल्दा बाजुराका स्वास्थ्य संस्थामा औषधीको अभाव भएको छ । जिल्लामा निरन्तरको वर्षाका कारण गएको असार अन्तिम सातादेखि अवरुद्ध भएका ग्रामिण सडकहरु संचालनमा आउन सकेका छैनन् । जसका कारण ग्रामिण स्तरका स्वास्थ्य संस्थामा औषधी ढुवानी हुन् नसकेपछि औषधीको अभाव भएको हो ।

बुढीनन्दा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या लिएर आउने विरामीहरुको औैषधि अभावले उपचारमा समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका इन्चार्ज नरेश पाध्यायले बताएका छन् ।

जिल्लाका कतिपय स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीले सिटामोलसम्म पाउन सकेका छैनन् । बाजुराको कुन्ना क्षेत्रलगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पछिल्लो समय औषधि अभावले उपचारमा समस्या भएको छ ।

विज्ञापन

स्वास्थ्य केन्द्रमा भएको औषधि सकिएको र अन्य औषधि ढुवानी नभएका कारण अभाव सिर्जना भएको हो । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा सेवाग्राही निजी मेडिकल धाउन बाध्य भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार