होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मृत्यु भएको मान्छेलाई ‘जीवित’ गराएको भिडियो भाइरल, अनुसन्धान गर्दै प्रशासन
समाचार

मृत्यु भएको मान्छेलाई ‘जीवित’ गराएको भिडियो भाइरल, अनुसन्धान गर्दै प्रशासन

  • नागरिक रैबार
मृत्यु भएको मान्छेलाई ‘जीवित’ गराएको भिडियो भाइरल, अनुसन्धान गर्दै प्रशासन

काठमाडौं: मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको जीवित गराइएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। एक चर्चमा खिचिएको उक्त भिडियोमा विवेक सत्याल नामको फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेका छन्।

भिडिओमा भुइँमा सुतेकी महिलालाई चर्चका पास्टरले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ। भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। भिडिओमा पास्टर भनिएका राजेन्द्र गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन्।

भिडिओ सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले त्यसबारे अनुसन्धान गर्ने भएको छ। त्यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले त्यसबारे थप अनुसन्धान अघि बढाउने बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै