होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जागिर लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध उजुरी
समाचार

जागिर लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध उजुरी

  • नागरिक रैबार
जागिर लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध उजुरी

धनगढीः सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ। एक महिलालाई जागिर लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको आरोपमा महतोविरुद्ध जाहेरी दर्ता भएको हो।

पीडित महिलाले महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन्। केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो। ति महिलाले कम्प्युटर अपरेटर पदमा फारम भरेकी थिइन्। जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ।

उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। घटना सार्वजानिक भएदेखि उपमेयर महतो सम्पर्कविहीन छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार